
मिति २०८२ भदौ १४ गते सनिवारको दिन कमलामाई नगरपालिका वडा नं १२ सिन्धुली राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेला सप्पन्न भएको छ ।
कमलामाई नगर समितिको पहलमा रहेको यस भेला मा रा स्वपा सिन्धुली जिल्ला सभापति लगायत नगर समितिका प्रतिनिधि लगायत रा स्वपा शुभचिन्तक हरुको बेजोड उपस्थिति रहेको थियो । यसैगरी आजको भेलामा सुरेन्द्र बहादुर कार्कीको सभापतित्व मा ९ जनाको कार्यसमिती र ४ सल्लकर समिति गठन भएको छ।
सभापति सुरेन्द्रबहादुर कार्की उपसभापति हस्तबहादुर थापा सचिव पोष्टराज श्रेष्ठ सदस्यहरु हेमबहादुर श्रेष्ठ भुवन विक राधा न्यौपाने विष्णुकुमारी कार्की ढाल ब रसाइली नबराज घिसिङ सल्लाहकार फडिन्द्र ब राय चेत कुमार बराल प्रदिप कार्की गंगाबहादुर मगर नवगठित समिति लाई शुभकामना व्यक्त गर्दै रा स्वपाले संगठन बिस्तार कार्यक्रम निरन्तर तिब्र गतिमा अगाडि बढाउने समेत बताएको छ भेलामा भ्रष्टाचार ब्यथीती बिसङ्गती अन्याय अत्याचारको विरुद्धमा युवा एकता अहिलेको आबश्यक्ता हो भन्दै उपस्थित रा स्व पा प्रेमी हरुले अब क न पा 12 लगायत सिन्धुली जिल्ला नै घण्टीमय बनाउने भनी प्रतिबद्धता जनाउनु भयो ।