सिन्धुलीको दुधौली नगरपालिका ५ मा ४३जना भन्दा माथि रास्वपा प्रवेश

  • ३२ श्रावण २०८२, शनिबार २१:१५ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ५ को ऐतिहासिक प्रथम वडा भेला सम्पन्न भएको छ । यसैगरी आजको वडा भेलामा राम बुढा क्षेत्रीको सभापतित्वमा सचिव रोमन अधिकारी लगायत ११ जनाको कार्यसमिति चयन भएको छ । प्रथम वडा भेलाकै दिन रा स्व पा प्रति बिश्वास र चाहाना राख्दै लगभग १५० जनाको भन्दा धेरै उपस्थिति थियो ।

    रा स्व पा सभापति लामिछाने लाई भएको अन्याय अत्याचार प्रतिसोधको विरुद्ध युवाहरू अब एक हुनुपर्ने भन्दै सिर्थौली ५ मा काङ्ग्रेस एमाले माओवादी परित्याग गरि ४३ भन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन । दुधौली नगरपालिकाको जम्मा १४ वडा मध्य आज ११औं वडा भेला रहेको थियो बाकी ३ वडा हरुमा पनि छिटै भेला सम्पन्न गराउने भनी नगर सभापति बिजय कार्कीले जानकारी दिनु भयो । सिन्धुलि जिल्ला दुधौली नगरपालीका वडा.न ५ मा आज भएको राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम एतिहासिक वडा भेला बाट चयन हुनु हुने सम्पुर्ण कार्य समितिहरु लाई रा स्व पा प्रमी हरुले देश बिदेश बाट बधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।