
श्रीमतीको मोबाईलमा अर्कै पुरुषको फोटो देखेपछि : नेपाली सेनाबाट डेढ घण्टाअघि मात्र फर्किएका २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको ह!त्या गरेका छन्।
पाँच वर्षदेखि सम्बन्धमा खटपट चलिरहेका उनीहरूबीच आपसी शंका, झगडा र सम्बन्ध विच्छेदसम्मको कुरा चलेको थियो। दशैंमा पनि घर नआएका दर्शन शनिबार साँझ बिदा लिएर छिन्चु पुगे र प्रेमालाई सामान लिन बोलाए।
छिन्चु बजारमा एकाएक श्रीमानलाई देखेपछि प्रेमाले झुट बोलेको भन्दै सोधिन्। त्यसपछि घर फर्किने क्रममा बाटोमै उनीहरूबीच झगडा सुरु भयो। झगडाको बीचमा दर्शनले प्रेमको मोबाइल खोसी अर्का पुरुषको फोटो देखेपछि रीसमा आएकाले ढुं!गाले टाउकोमा हा!नेर प्रेमलाई ल!डाए। प्रेमले पनि दर्शनमाथि अन्य महिलासँगको सम्बन्धको आरोप लगाएकी थिइन्।
घटनापछि प्रेम उठेनन् भन्ने देखाउन उनले प्रेमाकै स!लले घाँ!टी क!सेर खोल्सामा फालेका थिए। त्यसपछि राति ८ बजे दर्शन घर फर्किएको प्रहरीले जनाएको छ। घट्ना प्रेमसँग भेट भएको करिब डेढ घण्टामै भएको हो।

