
उमेश कुशवाहा पर्सा – बिरगंज महानगरपालिका –११ श्रीपुरमा रहेको अल्पाइन माध्यमिक बिद्यालयमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । अल्पाइनमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुद्वारा भिस्वा होटलमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र तथा विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका अतिथिगणको उपस्थितमा शिक्षकहरुले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो ।

अल्पाइन स्कुलको छात्र अमेरिकाको भिसा प्राप्त गरेका विद्यार्थी, विभिन्न स्थानमा सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका विद्यार्थी खेलाडीहरु तथा कक्षा ११ को त्रैमासिक परीक्षामा ए प्लस ग्रेड ल्याएका विद्यार्थीहरुलाई पनि सम्मान र पुरस्कृत गरिएको थियो ।

विद्यालयका संस्थापक बिनोद उपाध्याय विद्यालयले दिएको शिक्षा र असल संस्कृति जीवनको हरेक सफलताको आधार बनोस् समाजमा फरक भूमिका र उतरदायित्वमा उभिएको देख्न पाइयोस, संसारका कुनैपनि कुनामा पुगेपनि विद्यार्थीको सम्बन्ध रहिरहने भन्दै परीक्षामा सफलताको शुभकामना प्रकट गर्नुभयो।

विद्यालयका संस्थापक विनोद उपाध्याय, प्रधानाध्यापक विक्रम उपाध्याय, निर्देशक कौशल किशोर सिंह, विशाल उपाध्याय लगायत शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विदाई कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।



