चितवनको कुरिनटारमा दोश्रो इच्छाकामना महोत्सव २०८० हुँदै ।

  • १५ भाद्र २०८०, शुक्रबार १६:५३ मा प्रकाशित
  • समर्पण रम्जान

    १५ भदौ २०८०, मुग्लिन ! “कृषि पर्यटन, उद्योग र व्यापार इच्छाकामनाको मुल आधार” भन्ने मुल नाराका साथ इच्छाकामना उद्योग वाणिज्य संघ र इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह आयोजनामा, इच्छाकामना गा.पा.-४ कुरिनटारको, भानु ग्यास अगाडी “दोस्रो इच्छाकामना महोत्सव २०८०” आयोजना हुने भएको छ ।

    २०८० भाद्र २७ गते देखि असोज ७ गते सम्म आयोजना गर्न गइरहेको उक्त कार्यक्रममा विविध कार्यक्रमहरु गरि महोत्सव संचालन गरिने जानकारी महोत्सव आयोजक समितिका सचिब बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।

    उक्त महोत्सवमा सहभागी भई महोत्सवको अवलोकन गरि महोत्सव भब्यताका साथ सम्पन्न गराउन पनि इच्छाकामना गाउँपालिका तथा अन्य छिमेकी पालिकामा अबस्थित सबैमा आयोजक टिमले अनुरोध गरेको छ ।

    उक्त दोश्रो महोत्सवका कार्यक्रम तथा आकर्षणहरु निम्नप्रकार रहेका छन् !

    १) धार्मिक तथा पर्यटकिय स्थलहरू इच्छाकामना मन्दिर, जय बाल गौरी पाथीभरा सिंहदेवी मन्दिर, सिराइचुली, उपरदाङगढी लामो झरना तथा मनकामना मन्दिरको विशेष प्याकेजमा पदयात्रा तथा अवलोकन गराइने |
    २) त्रिशूली नदीमा र्याफ्टिङ गराइने
    ३) आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभुषा, रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी गराइने
    ४) औद्योगिक प्रदर्शनी गराइने
    ५) घरेलु एवं कृषि प्रदर्शनी गराइने
    ६) राष्ट्रिय स्तरका हाँस्य कलाकारहरुद्वारा दैनिक मनोरञ्जनात्मक कार्यक्रम हुने
    ७) राष्ट्रिय स्तरका कलाकारहरुका साथमा दैनिक सांस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा दैनिक मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने
    ८) विविध बाल मनोरञ्जनका खेलहरु खेलाइने
    ९) दोश्रो इच्छाकामना डान्स आइडल कार्यक्रम गरिने ।
    १०) बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गरिने ।
    ११) खाना महोत्सव संचालन गर्ने
    १२) साथमा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने

    इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन को संयुक्त संरक्षकत्वमा उक्त महोत्सव हुनेछ ।

    Leave a Reply

    Your email address will not be published.