अर्घाखाँचीमा बस दुर्घटनामा हुँदा १८ जनाको मृत्यु

  • ११ मंसिर २०७६, बुधबार १५:४३ मा प्रकाशित

  • बसन्त अनुभब-
    अर्घाखाँची जिल्लाको सन्धिखर्क बजारबाट बुटवल तर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नं. ६, नरपानी बजार नजिकै घुम्तीको बिचमा पर्ने कालाखोला / रातामाटामा बुधबार दिउँसो १:३० बजे तिर दुर्घटना हुँदा जना १८ को मृत्युु भएको छ ।


    मृत्यु हुनेमा १० जना पुरुष, १ बालक र ७ महिला भएको जानकारी प्राप्त भएको छ । मृतक मध्ये १७ जनाको घट्नास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमा निधन भएको प्रहरी जनाएको छ । साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन ।

    घाइते मध्ये ८ जनालाई उपचारका लागी बुटवल पठाइएको र ६ जनाको जिल्ला अस्पताल, सन्धिखर्कमा उपचार भइरहेको जानकारी जि.प्र.का. अर्घाखाँचीका प्र.नि. प्रकाश खत्रीले दिएका छन ।मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन। बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
    सडक तल भीर र जंगल भएकाले उद्दार कार्यमा कठिनाइ भएको कुरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ३२ जना सवार रहेका थिए ।

    Leave a Reply

    Your email address will not be published.