” देशभक्ति “

  • ३ जेष्ठ २०८०, बुधबार ०६:१५ मा प्रकाशित
  • सबेरै उठ्नु नित्य कर्म गर्नु समय बिथोल्न हुँदैन
    आत्तिनु हुन्न रमाउँछ मन धैर्य गर्नु थिचोल्न हुँदैन
    हौसला बढ्न त्यहाँ जीवन सधैं जबर्जस्ती हुँदैन
    उत्साह हुन्छ यहाँ सहयोगी भावना सीमा रहन।।

    प्रेममा साथ चित्त मन् हाँसेर सदा-सदा रमाउँछ
    उत्साह जाग्नु तन् सम्भोगमा कता-कता हराउँछ
    पवित्र हुन्छ जल जमिनमा आदर्श भाव बताएको
    उन्नति मार्ग देख्न अवस्य हुन्छ स्वभाव खटाएको ।।

    उत्सुक हुन्छ जहिल्यै जीव प्रगतिको बाटो लम्कनु
    दरिद्र दु:ख हटाउनु अहिल्यै व्यबहार सधैं चम्काउनु
    सहारा खोज्न दुगुर्नु हुन्न कहिले मन बाँध्नु बन्धनको
    दायरा बुझ्नुपर्छ कति भाग्यशाली सजावट चन्दनको ।।

    अर्पण गर्छु म जहिले मन वचन कर्म पवित्र बनाउन
    साहस आँट र हिम्मत गर्नु उन्नति उच्च प्रगति गराउन
    विचार सधैं सफल हुन्छ सम्पन्न देश हामीले बचाउन
    आकाङ्क्षा पुरा गराउने इच्छा रहन्छ जीवन चलाउन।।

    🖋️ बिष्णु राम भण्डारी, सिन्धुपाल्चोक )

    Leave a Reply

    Your email address will not be published.