गृहमन्त्री पाए कांग्रेस सरकारमा जान्छः शशांक कोइराला

  • १४ माघ २०७९, शनिबार १८:४२ मा प्रकाशित
  • नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेको खण्डमा नेपाली कांग्रेस यही सरकारमा सहभागी हुने बताएका छन् ।

    शनिबार चितवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यो गठबन्धनमा सम्मानजनक मन्त्रीहरु दिएको खण्डमा आफूहरु सरकारमा जान तयार भएको उनले बताएका छन् ।

    उनले गृह मन्त्रालय अहिले खाली भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय अफर गरे आफूहरु सरकारमा जान तयार रहेको उनले बताएका छन् ।

    उनले अब हुने राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

    ‘गृहमन्त्री दिए भने अहिलेको सरकारमा नै कांग्रेस जान्छ,’ कोइरालाले भनेका छन् ।

    साभार: फरकधार डटकम बाट

    Leave a Reply