
उमेश कुशवाहा ,वीरगंज: लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश सदस्यमा पर्साको बहुदरमाई नगरपालिकाको मालती कुशवाहा मनोनयन भएकी छन।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिको अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा कुशवाहालाई फूलमाला टिका लगाई मधेश प्रदेश सद्स्यमा मनोनयन गरिएको छ।

कुशवाहाले नेपाल महिला मैत्री विकाश केन्द्रका अध्यक्ष तथा विश्व हिन्दू परिषदको प्रदेश सक्रिय चौकिदार समेत रहेकि कुशवाहाले बताउनु भयो।
आउने चुनावमा मालती कुशवाहाले पर्सा जिल्ला संसदीय क्षेत्र नम्बर ३(ख) बाट चुनाव लड़ने तयारीमा रहेकि समाजिक संजाल आफ्नो फेसबुकमा लेखिकी छन।
कुशवाहाले आफ्नो फेसबुकमा लेखेकि कुरा जस्ताको त्यस्तै :-
असमानता, अनियमितता, अपारदर्शिता र विशेष गरी महिला हिंसा, लैंगिक विभेद, युवाको भविष्य ,आफनो क्षेत्र को विकास , र क्षेत्र नंबर ,३,ख,को सुखि सम्प बनाउँछु भन्ने आशा र मेरो सम्पुर्ण क्षेत्र नंबर ३ ,ख,को बासीहरुले गर्नुभएको भरोसाको उच्चतम सम्मान गर्दै निरन्तर तपाईहरु को हक अधीकार र हित को लागि सँधै कटिबद्ध भइरहने प्रण गर्दैछु । मलाई विश्वास गरेर तपाई हरु एक चोटि मलाई आफनो अमुल्य मत दिएर मलाई बीजय बनाउनु म सम्पुर्ण मतदाता प्रति र आफनो क्षेत्र को जानता प्रती उच्च सम्मानका साथ हार्दिक प्रतीज्ञा ज्ञापन गर्दछु ।

कार्यक्रममा लोसपाका मधेश प्रदेश अध्यक्ष,माननीय सदस्य ,नेतागण, नवनिर्वाचित मेयर ,उपमेयरको,उपस्थिति रहेको थियो।

