मानसिक परामर्श बन्यो जीवनको अति आवश्यक्ता ।।

  • १४ असार २०७९, मंगलवार २१:४६ मा प्रकाशित
  • कपिलवस्तु – मानसिक परामर्श नै मानव जीवनको अति आवश्यक बन्दै गएको छ। यसै सन्दर्भमा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना र युनाईटेड मिसन टु नेपालको सहयोगमा मिडियाकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ। कार्यक्रमबाट जनसमुदायमा व्यापक सचेतनाका लागि मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण मिडियाकर्मीहरुसंग गरिएको बताईएको छ। मानसिक स्वास्थ्य अवस्था, यसका लक्षण, नेपालमा यसको बर्तमान अवस्था, यसका भ्रम र सत्यता, चुनौती लगायतको विषयमा युएमएनका प्रतिनिधी सविना लाखाले प्रष्ट पार्नु भएको थियो। विश्वमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेको उल्लेख गर्नु भयो।

    नेपालमा भने मानसिक समस्या कै कारण दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। लकडाउनको समयमा देश भरमै सबैभन्दा बढी २ सय ४२ जनाले लुम्बिनी प्रदेशमा आत्महत्या गरेको तथ्यांक प्रस्तुत भएको थियो।यस्तै मानसिक रोग विशिषज्ञ डा. विक्रम काफ्लेले मानसिक समस्यामा रहेको व्यक्तिलाई सम्झाउनु भन्दा पनि पहिले उसको कुरा सुनिदेने गर्दा आत्म हत्याका घटनामा कमि आउन सक्ने बताउनु भएको छ।

    आत्महत्या रोक्न मिडियाहरुको महत्वपुणर् भुमिका रहेको र मान्सिक समस्या कुनै रोग नभइ एक समस्या हो। नियमित औंषधि सेवन, योगआशन र परामर्शबाट निको पार्न सकिने यस समस्याका ७५ औषधि मध्ये १२ प्रकारका औषधि नेपाल सरकारबाट स्वास्थ्य संस्थामा निःशुल्क प्रदान गरिने उहाँले बताउनु भयो। मानसिक समस्या सम्बन्धि कुनै लक्षण देखिए पाटन मानसिक अस्पतालको हटलाईन नंम्बर ११६६ मा निःशुल्क सम्पर्क गर्न सकिने पनि उहाँले जानकारी दिनु भयो। प्रविधिको विकाससंगै मानिसको आकांक्षा पनि बढिरको हुदा त्यस्लाई पुरा गर्न नसक्दा आत्महत्याका घटना बढिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताउनु भयो। मानसिक समस्या सम्बन्धि कुनै लक्षण देखिए नजिकैको मानसिक परामर्श केन्द्रमा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भयो।

    Leave a Reply