श्री हनुमान मन्दिर संचालन समिति द्वारा रक्तदान कार्यक्रम सम्पन्न।

  • १३ असार २०७९, सोमबार १६:१५ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज: पर्साको बहुदरमाई नगरपालिका वड़ा न.७ छपकैयामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    श्री हनुमान मन्दिर संचालन समितिको आयोजनामा र पूर्ब वडा अध्यक्ष प्रभु पटेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    रक्तदान कार्यक्रममा ७ महिला सहित ५३ जनाले रक्तदान गरेका छन।

    रक्तदान गर्नेमा रोमा कुशवाहा,रीमा देवी,अनवर देबी,बबिता देबी,राधेश्याम शाह,चन्दू पटेल,रमोद कुशवाहा,बिकाश कुशवाहा,बिरेन्द्र कुशवाहा समेत रहेका छन।

    रक्तदान कार्यक्रममा पुग्नु भएकी प्रमुख अतिथि बहुदरमाई नगरपालिका का उपमेयर सुष्मा कुशवाहाले रक्तदान गर्ने हरूलाई रगत जम्मा गर्ने पकेट दिएर कार्यक्रम शुभरम्भ गर्नु भएको थियो।

    कार्यक्रम शुभरम्भ गर्दै उपमेयर कुशवाहाले रक्तदान जीवनको सब भन्दा ठुलो दान भएकोले सबैले रक्तदान गर्नु पर्ने कुरामा जोड़ दिनु भएको छन।

    त्यस्तै नेता शिव पटेलले एक एक थोपा रगतले कसैको ज्यान बचाऊँ सकिन्छ,त्यसैले खुलेर रक्तदान गर्न जोड़ दिनु भयो।

    कार्यक्रममा प्रमुख अतिथि सुष्मा कुशवाहा,अतिथि शिव पटेल ,प्रभु पटेल,प्रमोद कुशवाहा,यस संस्थाका अध्य्क्ष जटाशंकर शर्मा, फकरोदिन देवान तथा स्थानीयको सहभागी रहेको थियो।

    कार्यक्रममा रक्तसंचार केंद्र बीरगंज प्राविधिक टोलीले प्रबिभिक सहयोग गरेको थियो।

    श्री हनुमान मन्दिर संचालक समितिले पहिलो नै रक्तदान कार्यक्रममा ५३जनालाई रक्तदान गराउन सफल भएको राधेश्याम साहले हिमालयन दृस्टिका संवाददाता उमेश कुशवाहालाई जनकारी गराउनु भएको छन।

    Leave a Reply