घाेराहीकाे तेराैटे स्थित जेष्ठ नागरिक सराेकार केन्द्र (वृद्ध आश्रम )मा गाेरखनाथ वैदिक गुरुकुलका वटुकद्वारा हवन र गीता पाठ

  • १८ जेष्ठ २०७९, बुधबार १४:४५ मा प्रकाशित
  • जेष्ठ १७, तेराैटे, दाङ
    दाङ जिल्लाकाे तेराैटेमा संचालित वृद्ध आश्रममा गोरखनाथ वैदिक गुरुकुलका वटुकहरूले हवन र गीता पाठ गरेका छन्।

    आश्रममा बस्दै आउनु भएका एक जेष्ठ सदस्य गाेविन्द आचार्यकाे १३औँ दिनकाे शुद्ध शान्तिकाे कार्यक्रममा मृतात्माकाे शान्तिका लागि हवन तथा गीता पाठ गरिएकाे हो । आश्रमको निमन्त्रणामा गुरुकुलका पदाधिकारी लगायत वटुक तथा कन्या त्यहाँ पुगेको गुरुकुलले जनाएको छ।

    संस्थाका अध्यक्ष भुपाल गिरीकाे अध्यक्षता एवं गाेरखनाथ वैदिक गुरुकुलका अध्यक्ष जाेगी देवनाथकाे प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रमको प्रमुख वक्ताको रूपमा बोल्दै जाेगी देवनाथले समाजमा गुरुकुल शिक्षाकाे अपरिहार्यता तथा वृद्ध आश्रममा असल सन्तानकाे अभावमा वृद्ध आश्रमा आउनुपर्ने उत्पन्न अमानवीय अवस्थाहरु सुनिदा दुख लागेकाे कुरा ब्यक्त गर्नुभयो ।
    साथै उहाँले वृद्ध आश्रममा पनि प्रयाप्त स्थान भएकाे, भाैतिक संरचनाकाे पनि खासै अप्ठेराे स्थिति नभएकाले गुरुकुल चलाउदा राम्राे हुने बताउनुभयाे ।
    धेरै जिल्लामा ५,६ वटा गुरुकुल रहेकाे र सबै आश्रमहरू राम्राेसँग चलेको उल्लेख गर्दै ती आश्रमहरू प्राय: गुरुकुलकै कारण चलेको बताउनुभयो।
    दाङ जिल्लामा एउटा मात्र गुरुकुल हुनु त्याे पनि चलाउन गाह्रो हुनु सबैकाे लागि लाजमर्दाे कुरा रहेकाे सबै वक्ताहरूको धारणा थियाे ।

    जेष्ठ नागरिक सराेकार मञ्चकी सदस्य सुषमा कुमारी रेग्मीले संचालन गर्नु भएकाे कार्यक्रममा जेष्ठ नागरिक सराेकार मञ्चका सुसिला आचार्य, रुपा वली, मनाेरमा शर्मा तथा गुरुकुलका निवर्तमान अध्यक्ष तथा प्रमुख व्यवस्थापक प्रकाश भट्टराईको उपस्थिति रहेकोे थियो ।

    अन्तमा संस्थाका अध्यक्ष भुपाल गिरीले गुरुकुलसँग संस्थालाई जाेड्न पाउँदा खुसी लागेकाे उल्लेख गर्दै सबै मिलेर गुरुकुल राम्रोसँग चलाउनु पर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले कार्यक्रममा सहभागिताकाे लागि गाेरखनाथ वैदिक गुरुकुल परिवार प्रति धन्यवाद प्रकट गर्नुभयो।

    Leave a Reply