घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ्यो 

  • १६ जेष्ठ २०७९, सोमबार ०८:११ मा प्रकाशित

  • १५ जेठ, काठमाडौं । घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढेको छ ।

    सरकारले संसदमा पेश गरेको बजेटले पूँजीगत लाभ कर बढाएको हो ।नयाँ व्यवस्था अनुसार ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा अब नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो ।यस्तै ५ वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा भने ५ प्रतिशत पूँजीगत कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर २.५ प्रतिशत मात्र थियो ।

    १० लाख रुपैयाँ भन्दा बढी मूल्यमा किनबेच भएको घर जग्गामा पूँजीगत लाभ कर लाग्छ र घर जग्गाको पूँजीगत लाभकर नामसारी गरेकै बेलामा तिर्नु पर्ने हुन्छ ।

    कुनै पनि घर जग्गाको बिक्री मूल्य र नाफा स्वघोषणा गर्न पाइन्छ । तर त्यसरी गरेको घोषणा गरेको मूल्य सरकारले तोकेको मूल्याकंन रकम भन्दा कम हुनु हुँदैन ।

    Leave a Reply