विभिन्न कारणले नेपाल फर्किन नपाएका, साउदीमा फसेका श्रमिकहरूको एक्जिट भिसा एम्बेस्सी रियादले प्रोसेसिङ गर्दै

  • २७ बैशाख २०७९, मंगलवार २१:०९ मा प्रकाशित
  • श्रमिक सचेतना तथा गुनासो/समस्या संकलन कार्यक्रम !


    समर्पण रम्जान

    १० मे २०२२, साउदी अरब ! नेपाली दूतावास रियादले २० मे २०२२ का दिन दम्माममा श्रमिक सचेतना कार्यक्रम गर्दै श्रमिकहरुको गुनासो/समस्या संकलन गरि विविध कारणबस नेपाल फर्किन नसकेका, साउदिमा फसेका नेपालीहरुका लागि एक्जिट भिषा लगाउन सहयोग गर्ने भएको छ ।


    दूतावास रियादले आफ्नो फेसबुक पेजबाट आधिकारिक सुचना जारी गर्दै दम्माम तथा वरिपरि रहेका सम्पुर्ण नेपालीहरुलाइ उक्त कार्यक्रममा कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर उपस्थिति भइ सेवा लिन अनुरोध गरेको छ ।

    दूतावासले जारी गरेको सुचना जस्ताको त्यस्तै :-
    “१. कम्पनीले इकामा नबनाइदिएको वा इकामा नविकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गरिने छ । यस्तो समस्या भएका कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर आउनुहोला । अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी आउँदा साउदी अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नं. लेखिदिएको दिएको छ त्यो पेजको फोटोकपि लिएर आउनुहोला ।

    २. कम्पनीले सम्झौता अनुसारको तलब सुविधा दिएको छैन, काम गरेको समयको तलब दिएको छैन, ओभरटाइमको पैसा दिएको छैन, छुट्टीमा घर जान दिएको छैन, अपलपत्र पारेको छ, अनावश्यक जरिवाना लगाइदिएको छ, फर्जी कागज बनाएर फसाएको छ भने यस्ता किसिमका कामदारको समस्या समाधानको लागि पहल गरिने छ । यस्तो समस्या भएका कामदारले आफ्नो राहदानी र इकामाको फोटोकपि र आफ्नो सुपरभाइजर वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोवाइल नं. लिएर आउनुहोला ।

    कार्यक्रम हुने स्थानको लोकेशनः https://goo.gl/maps/GzZa6gu8b8McW9Ti9
    । समय :- बिहान ७ बजे देखि अपराह्न ३ बजे सम्म । अल असेम रेस्ट हाउस फर फेस्टिभल अल फैसलिया दम्माम।

    One thought on “विभिन्न कारणले नेपाल फर्किन नपाएका, साउदीमा फसेका श्रमिकहरूको एक्जिट भिसा एम्बेस्सी रियादले प्रोसेसिङ गर्दै

    1. Sir ma hafar albati ma xu sir malai akama Pani deko xaina selari ni 1300 matra deko x 1600 x argument ma x sir aako 8 month vayo sir Nepal janu paye huntho sir

    Leave a Reply