
उमेश कुशवाहा,पर्सा
बारा जिल्ला अन्तर्गत पर्ने प्रसौनी गाउपालिका बारा कै नमुना गाउपालिका बनाउने मेरो योजना रहेको उक्त गाउपालिका का उपाध्यक्ष उमेद्वार मनावती कुशवाहाले बताउनुभएकी छन ।

स्थानीय चुनावलाई लक्षित गरी चुनावी घरदैलोको क्रममा स्थानीय जनताको माझ पूगीरहनु भएकी नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) उपाध्यक्ष उमेद्वार मनावती कुशवाहाले गाउपालिकामा शिक्षा ,स्वास्थ्य र कृषिलाई अग्र भागमा राखेर काम गर्ने बताउनुभएकी छन ।
उहाले गाउपालिकामा दैनीय बनेको शिक्षाको पहुचलाई बिस्तार गरी सुलभ र सरल तरिकाले गरिब , अल्पसंखयक तथा गाउपालिकामा पिछडिएका बर्ग सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

त्यसैगरी स्वास्थ्य चौकीमा भएको औषधि समेत स्थानीय जनतालाई पाउन गाह्रो भईरहेको हुदा स्वास्थ्य संस्थामा आफै बेलाबेलामा अनुगमन गर्ने र सहज तरिकाले हरेक वडाका स्वास्थ्य चौकीका सेवा प्रवाहको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
प्रसौनी गाउपालिका अधिकांस नगरबासीले तरकारी खेति गर्ने भएकाले कृषकको लागी कृषिमा आधुनीकरण गर्ने र कृषि उब्जलाई वीरगंज र कलैयाका तरकारी व्यापारी संग समन्वय गरी गाउँ मै तरकारी बिक्रि बितरण गर्ने बाताबरण तयार गर्ने मेरो भावी योजना रहेको कुशवाहाले बताउनुभयो ।

प्रसौनी गाउपालिक अन्तर्गत पर्ने वडा स्तरमा विभिन्न प्रकारका रोजगार सम्बन्धि तालिमको आयोजना गरी वडाका महिलालाई तालिम दिएर सिप सिकाउने र सिकेका सीपलाई गाउपालिका बाट आर्थिक सहयोग गरी घरेलु तथा साना उद्योग चलाउन पहल गर्ने बताउनुभयो ।

बिद्यालय बालबालिकाको लागी बिद्यालय उपरान्त खेल सामग्री उपलब्ध गराई उनीहरुको शारीरिक तन्दुरुस्तीको लागी रुख मुनिको शितल छहारी भएको जघामा खेलमैदानको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो ।
त्यतै अरु अरु पनि धेरै योजना बनाएको छु जुन यो गाउपालिकको मुहार नै फेर्ने उहाले भन्नुभयो ।


