ह्वात्तै घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

  • १३ बैशाख २०७९, मंगलवार ११:४० मा प्रकाशित
  • काठमाडौं, १३ बैशाख । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुुसार आज छापावाल सुनको मुल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    चाँदीको मुल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Leave a Reply