भारतमा लुकेर बसेका थिए, भैरहवामा काम खोज्न आउँदा पक्राउ परे अर्जुन दासका हत्या आरोपित

  • २ बैशाख २०७९, शुक्रबार १२:३४ मा प्रकाशित
  • कैलालीका अर्जुन दासको विभत्स हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    महानगरीय अपराध महाशाखा टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई शुक्रबार सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद रहेका छन्। उनीहरू सबै १९ वर्षका हुन्।

    प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार(हिजो) पक्राउ गरेको हो।

    हत्यामा १० जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए।

    बिहान ८ बजेतिर घरबाट निस्केका उनी दिउँसो मृत फेला परेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए।

    दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।

    Leave a Reply