पोख्रेल परिवारद्वारा गोरखनाथ वैदिक गुरुकुलमा दुई लाख बढी रकमको अक्षयकोष खडा; कोषबाट प्राप्त ब्याज गुरुकुल सञ्चालनमा खर्च गरिने

  • ९ फाल्गुन २०७८, सोमबार २१:१४ मा प्रकाशित
  • दाङ, फागुन ९ । दाङ जिल्लाको चौघेरास्थित सिद्ध रत्ननाथ मठमा संचालित गाेरखनाथ वैदिक गुरुकुलमा दुईलाख पाँचसय पाँच रुपैयाँकाे अक्षयकाेष स्थापना गरिएको छ । उक्त अक्षयकोष घाेराही उपमहानगरपालिका – १५, ट्राफिक चाैक निवासी गीतादेवी शर्मा तथा छाेरा अनिल कुमार पाेख्रेलले आफ्ना दिवंगत पति एवं बुवा स्व.शिव कुमार शर्माको स्मृतिमा स्थापना गर्नुभएको हो । सपरिवार गुरुकुलको कार्यक्रम सहभागी हुँदै गीतादेवी शर्माले रकम हस्तान्तरण गर्नुभएको थियो । साथै छाेरा अनिल कुमार पाेख्रेलले गुरुकुलका वटुकहरुका लागि भण्डारा वापत खाद्य सामग्री समेत प्रदान गर्नुभएकाे थियाे ।

    दाङमा विगत ३ वर्ष अघिदेखि सञ्चालित एकमात्र गुरुकुलमा सहयोग गर्नेहरूको क्रम बढ्दै गएको छ । गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराईका अनुसार गुरुकुल प्रायः दिनहुुँ जसो सहयोग प्राप्त गर्न सफल भएको छ । गुरुकुलमा हाल बाँके, बर्दिया ,प्यूठान ,दाङ लगायत भारतकाे बहराईच बाट आई आवासीय रुपमा रहेर अध्ययन गरिरहेका २५ जना विद्यार्थी रहेका छन् ।

    दान गर्नु आफैँमा एक पुण्य कर्म भएको उल्लेख गर्दै गुरुकुलका अध्यक्ष योगी देवनाथले सहयोगका लागि आभार प्रकट गर्नुका साथै दाता पाेख्रेल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे । लगायत समाराेहमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

    कार्यक्रममा गुरुकुलका वटुकहरुले स्व.शिव कुमार शर्माकाे स्मरणमा उहाँकाे बैकुण्ठ लाेक प्राप्तिका लागि कामना गर्दै गीता पाठ गरेका थिए । गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराईले संचालन गर्नुभएकाे उक्त कार्यक्रममा स्व . शिवकुमार शर्माका छाेराहरु भरतराज पाेख्रेल, देवमणि पाेख्रेल, अनिल कुमार पाेख्रेल, बुहारीहरु विमला पाेख्रेल, बालिका पाेख्रेल, सुलक्षणा पाेख्रेल, नाति प्रनिल पाेख्रेल लगायत पाेख्रेल परिवारका सदस्यहरूको उपस्थिति रहेकाे थियाे ।

    Leave a Reply