
१६ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आएका भोजपुरका राजेन्द्र नेपाली कम्पनी छोडी भागपछि उहाँको कपिलले ८७००/- साउदी रियाल फाईन लगाएको र फाइन तिर्न असमर्थ भइ नेपाल फर्कन नसकेका, ४ महिना देखि एनआरएनए सेल्टरमा रहेका नेपाली एनआरएनए, अंतर संस्था समन्वय समिति तथा नेपाली साझा मन्च साउदीको संयुक्त सहयोगमा आगामी शुक्रबार नेपाल फर्कने भएका छन् ।
कम्पनी राम्रो नभए पछि भागेर काम गर्दै गरेका र भागेर काम गर्दा काम लगाउनेले जहिले पनि तलब दिन आनकानी गरेपछि उहाँ दिक्क भएर घर जानको लागि दूतावासको सम्पर्क गएका र उहाँको बारेमा रामजी नेपालले नेपाली साझा मन्च साउदी अरबलाइ सहयोगको लागि अनुरोध गरेको कुरा नेपाली साझा मन्च साउदी अरब उप संयोजक अन्जान गुभाजु ले हिमालयन दृस्टी लाई जानकारी दिए ।
एनआरएनए सेल्टरमा आश्रय लिई रहेका नेपालीको एक्सिट भिजा लगाउन कपिललाई ८७०० /- रियाल तिर्नु पर्ने साउदी आएको हुकुमतबाट जानकारी आएको र १५००/- साउदी रियाल नपुगेपछी एनआरएनए टिम साउदी ( मध्यपुर्ब उप संयोजक तथा संयोजकका उम्मेदवार राजेन्द्र अर्याल जोन ,अध्यक्ष डमर यादव ,गणेश अर्याल ,स्वयंसेवक श्याम कुमार महतो ) सा रि १०००/- unknown -२००/- ,जेन लामा -२००/- र राजु केसी – १००/- आर्थिक सहयोग गरि फाईन तिरिएको संस्थाका उप संयोजक गुभाजु ले जानकारी गराउनु भयो ।
फाईन तिरी सके पछी नेपाली दूतावासका स्थानीय कर्मचारी नारायण पासवानको सहयोगमा गत सोमवार एक्सिट पेपर तयार भए पछि टिकटको लागि पैसा नभएको नेपालीले अन्जान गुभाजुलाइ जानकारी गराएपछि उहाँले नेपाली साझा मंच र अंतर संस्था समन्वय समिती लगायत सामाजिक संघसंगठनमा समन्वय गरि टिकटको ब्यबस्थापन गर्नु भएको थियो ।
अनुरोध पछि नेपाली साझा मन्चको संरक्षक कृष्ण पुरी सरबाट सा रि २००+३०/- मनिष थापा (कास्की समाज) -५०/- , देबेन्द्र बिस्वकर्मा ( रियाद)-५०/- र अन्तर संस्था समन्वय समितिका अध्यक्ष अमृत पौडेल सरको हिमालय कार्गो एन्ड ट्राभलबाट मुनाफा रहित बाकी खर्च बेहोर्ने गरि निज नेपालीको शुक्रबार बिहान २:०० बजे हिमालय एयरको टिकट ब्यबस्था गरिदिनु भएको छ। पिसिआर लगायत डकुमेन्ट एनआरएनएले गरिदिने भएको छ ।
पीडित नेपालीलाई विगत ४ महिना देखि आश्रय दिएर फाईन तथा पिसिआर सहयोग गर्ने एनआरएनए साउदी टिम ,मध्यपुर्ब उप संयोजक तथा संयोजकका उम्मेदवार राजेन्द्र अर्याल जोन ,अध्यक्ष डमर यादव ,गणेश अर्याल ,स्वयंसेवक श्याम कुमार महतो , जेन लामा ,राजु केसी र टिकट उपलब्ध गराएर पीडितलाई घर फिर्ता गराउन सहयोग गरिदिनु हुने अन्तर संस्था समिति रियाद अध्यक्ष अमृत पौडेल तथा टिम र नेपाली साझा मन्च साउदीका संरक्षक कृष्ण पुरी तथा टिम ( सल्लाहकार बिष्णु घिमिरे ,संयोजक अकल प्रधान ) ,राम दुलार मन्डल अध्यक्ष हेल्प मधेसी , नारायण पासवान तथा दूतावास परिवार , मनिष थापा र देबेन्द्र बिस्वकर्मा लगायत सम्पुर्णलाई नेपाली साझा मन्च साउदी का उप संयोजक अन्जान गुभाजुले हृदयात्मक रुपमा हार्दिक आभार ब्यक्त गरेका छन् ।

