बिन सलमान (एमबिएस) अहिले सामाजिक सञ्जालमा चर्चा

  • ९ मंसिर २०७६, सोमबार १९:२२ मा प्रकाशित
  • ज्याकेटका कारण चर्चामा छन् साउदी अरेबियाका क्राउन प्रिन्स
    साउदी अरेरिबयाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद प्रमुख पात्र बनेका छन्।
    यसको कारण हो उनले लगाएको ज्याकेट । युवराज एमबिएसले रियादमा भएको फर्मुला इ रेसको एक अन्तर्वार्ताको क्रममा लगाएको ज्याकेको चर्चा भइरहेको हो।
    बेलायती ज्याकेट ब्राण्डले आफ्नो ट्वीटर ह्याण्डलमा अरबी भाषामा एक ह्यासट्यागसहित क्राउन प्रिन्सको तस्बिर शेयर गरेको थियो।
    ह्यासट्यागको अर्थ ‘क्राउन प्रिन्सको ज्याकेट’ भन्ने थियो। त्यसपछि ट्वीटरमा युवराज एमबिएसको नयाँ लुक्सको प्रशंसा सुरु भएको हो।
    एमबिएसले आफ्नो परम्परागत सेतो पोशाकमाथि ज्याकेट लगाएका थिए। उनले साथमा एवियेटर सनग्लासेस र स्पोर्टस सुज लगाएका हुन्। उनको लुक्सलाई मध्य–पूर्व र पश्चिमी लुक्सको मिश्रणका रुपमा पेश गरिएको छ।

    Leave a Reply

    Your email address will not be published.