
दाङ – दाङमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा सबै लमहीका स्थानीय रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडा नम्बर ५ कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, वडा नम्बर ५ रातो डाँडा निवासी बस्ने वर्ष १८ वर्षीया आकृती पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानु गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका छन् ।
प्रहरीका अनुसार लु ३ च ८८० नम्बरको स्कार्पियो विनोद चौधरीले चलाएका थिए । साथीको पार्टीमा सहभागी भएर फर्किने क्रममा दुर्घटना भएको हो । उक्त दुर्घटना लमही नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बगै सोता खोलाको पुलमा ठोक्किएर भएको हो ।
घाइतेहरुको नेपालगञ्ज र बुटलमा उपचार भैरहेको प्रहरीले बताएको छ।

