गोरखनाथ वैदिक गुरुकुललाई करिब १५ हजार रकम बराबरको सामग्री सहयोग प्राप्त

  • ११ पुष २०७८, आईतवार १७:४९ मा प्रकाशित
  • दाङ, घोराही । दाङ जिल्लामा अवस्थित सिद्ध रत्ननाथ मठ चाैघेरा दाङद्वारा संचालित गाेरखनाथ वैदिक गुरुकुललाई करिब पन्ध्र हजार रकम बराबरको सामग्री सहयोग प्राप्त भएको छ । उक्त सामग्री घाेराही निवासी तन्त्र गुरु पदम बस्नेतले प्रदान गर्नुभएको हो।

    सहयोग गरिएको सामग्रीमा २८थान धाेति ,२५ थान आसनि २ थान तामाकाे अमखाेरा रहेका छन् । आफ्ना पुजनिय पितालाई मठको दर्शन गराउन ल्याउनु भएका दाता बस्नेत मठको कार्यक्रममा सरिक भइ उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

    कार्यक्रमका प्रमुख अतिथि मठाधीश पीर याेगी सन्ताेषनाथले दाता परिवारलाई फूलमाला लगाई सम्मान गर्नुभएकाे थियाे । उक्त अवसरमा सम्मानित व्यक्तित्व तन्त्र गुरु पदम बस्नेतले गुरुकुललाई सहयाेग गर्न पांउदा खुसी लागेकाे र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता जनाउनु भयो। दाता बस्नेतले विगतमा पनि पटकपटक धोती, आसनी, तामाको भाडो, रुद्राक्ष लगायतका सामग्री सहयोग गर्दै आउनुभएको छ ।

    उक्त कार्यक्रममा गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गुरुकुललाई जति जतिबेला समस्या पर्छ, त्यति त्यतिबेला गुरु गोरखनाथले दाताहरूलाई पठाउने गरेको आशय व्यक्त गर्नुभयो । कार्यक्रममा मठका साधु,सन्त,गुरुकुलका शिक्षक परिवार सबैकाे सहभागिता रहेकाे थियाे ।

    Leave a Reply