अब बिदेशबाट नेपाल जाँदा के के सामान लैजान पाइन्छ?

  • १४ मंसिर २०७८, मंगलवार १८:०३ मा प्रकाशित
  • समर्पण रम्जान

    १४ मंग्सिर २०७८ ! त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंले विदेशबाट नेपाल आउने यात्रुहरुका लागि एक महत्वपूर्ण सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीहरुले के के सामान लेराउन सक्छन् भनेर सूचना जारी गरेको छ ।

    नेपाली दुतावासले रियादले पनि आफ्नो अधिकारीक फेसबुकपेजबाट साउदिमा रहनुहुने नेपालीहरुलाई मध्यनजर गर्दै उक्त सूचना प्रसारण गर्दै सम्पूर्ण नेपालीहरुलाई सुचित गराएको छ ।
    उक्त सूचनामा भनिएको छ त्रिभुवन विमानस्थल हुँदै विदेशबाट नेपाल आउने नेपालीहरु हरुले प्रचलित कानुनले दिएको सुविधा भन्दा बढी परिमाण र स्वरूपमा आफ्नो साथमा सुन तथा सुनका गहना मोबाइल फोन ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको र सो उपर कानुन बमोजिम कारबाही हुँदा यात्रुहरुले प्रचतिल कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाई फकाए त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको तर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले भन्सार ऐन 2064 को दफा 9 को उपदफा 3 ले दिएको अधिकार प्रयोग गरी मिती 2070 जेष्ठ 15 गतेदेखि लागू हुने गरी जारी गरेको यात्रुले आफ्नो साथमा ल्याउन लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि तल उल्लेखित मालवस्तु देहायबमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउनेछन् ।

    1. 50 ग्राम भन्दा थप 210 ग्राम सम्म सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने छ ।
    2. व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम 100 ग्रामसम्म लाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सो भन्दा बढी परिणामको सनु ल्याएमा त्यस्तो बढी परीणाम जफत गरिने
    3. व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप एकभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ ।
    4. व्यक्तिगत प्रयोगको मोबाइल फोन एकभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ ।
    5. मदिरा 1 लिटरसम्म बोतल 1 मात्र लेराउन पाउने छ सोभन्दा बढीको परिणाममा भए मदिरा जफत गरिने छ

    यस सम्बन्धी विस्तृत जानकारी नेपाल राजपत्र लिङ्कमा हेर्न हुन समेत सबैमा अनुरोध गरिन्छ साथै विगतमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाई फकाई कुनै मालवस्तु जस्तै टर्चलाइट आईरन, मिक्चर, रेडियो स्पिकर, पानी तान्ने मोटर आदि आफ्ना आफन्तलाई पुर्याई दिन भन्ने अनुरोध गर्ने र भन्सार चेकजाँचका क्रममा त्यस्ता मालवस्तु भित्र लुकाई छिपाई सुन चांदि वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानुनबमोजिम कारबाही भोग्नु परेको अवस्था छ । अत त्यस्तो मालवस्तुमा अन्य कुनै अबैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको पनि मालवस्तु नलिनु नल्याउनु हुनसमेत ध्यानकार्षण गरिएको छ । पूरा विवरण तलको सूचनामा हेर्नु होला ।

    0 thoughts on “अब बिदेशबाट नेपाल जाँदा के के सामान लैजान पाइन्छ?

    Leave a Reply