एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर पोखरेल निर्विरोध

  • १३ मंसिर २०७८, सोमबार १२:२० मा प्रकाशित
  • उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमालविरूद्ध पनि परेन उम्मेदवारी

    नेकपा एमालेको दसौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिव निर्विरोध चुनिने भएका छन्।।

    वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पनि प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमालविरूद्ध  निर्धारित समय कसैले उम्मेदवारी नदिएपछि उनीहरू निर्विरोध ती पदमा चुनिन लागेका हुन्।

    यसअघि आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए।

    यी पाँच जनाबाहेक अरू पदाधिकारीमा भने चुनाव हुने भएको छ।

    ओलीले फेरि एमाले अध्यक्ष बन्न भीम रावलको सामना गर्नु पर्ने भएको छ। ओली र रावल दुबै जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्।

    त्यस्तै उपाध्यक्षमा पनि चुनाव हुने भएको छ।

    ‌ओलीले विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। उनीहरूविरूद्ध  उपमहासचिव घनश्याम भुसालले सोमबार उम्मेदवारी दिएका छन्।

    सचिवमा पनि चुनाव हुने भएको छ। सचिवमा ओलीले  टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका थिए।

    ओलीको प्रस्तावमा असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन्।

    Leave a Reply