
गोरक्ष चिन्तन कार्यक्रमले आफ्नो २५ औं रजत शृङ्खला सम्पन्न गरेको छ । साप्ताहिक रुपमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले शुक्रवार २५ औं शृङ्खला पूरा गरेको हो ।
१३ सय वर्षभन्द पुरानो इतिहास बोकेको श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठद्वारा विगत २ वर्षदेखि दाङमै पहिलोपटक संचालित गाेरखनाथ वैदिक गुरुकुलले सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षणका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको र जसमध्ये साप्ताहिक रुपमा सञ्चालित गोरक्ष चिन्तन कार्यक्रम पनि रहेको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो।
उक्त कार्यक्रमको २५ औं रजत शृङ्खलाको प्रमुख अतिथि वक्तामा नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रा. सुदनकुमार पाैडेल, विशेष अतिथि वक्तामा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र अतिथि वक्तामा रुपन्देहि नयाँमिल स्थित दुर्गा गुरुकुलका प्राचार्य श्याम प्रसाद अर्याल रहनुभएको थियो।
कार्यक्रममा बक्ताहरूद्वारा गुरुकुलले सार्है प्रशंसनिय एवं उत्कृष्ट काम गरेकाे र आगामि दिनमा अझै राम्राेसँग गुरुकुल सञ्चालन गर्नकालागि आफ्नाे तर्फबाट पनि सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिएकाे थियाे।
अन्तर्राष्ट्रिय प्रवचनकर्ता गुरु डा. चिन्तामणि याेगीकाे प्रेरणा तथा गुरु गाेरखनाथ सिद्ध पीर रत्ननाथकाे आशिर्वादबाट नै याे कार्यक्रम गर्ने वातावरण बनेकाे बताउदै कार्यक्रम सञ्चालक एवं गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले आगामि दिनहरुमा यस श्रृखलालाई अझै व्यवस्थित गर्दै लैजाने जानकारी दिनुभयो। साथै गोरखनाथ वैदिक गुरुकुलले विशेष गरेर नेपालभर नै संचालन भएका गुरुकुलहरुलाई एउटै मालामा उन्ने प्रयास जारी राखेको बताउनुभयो।
साथै उहाँले गुरुकुलले देश तथा विदेशमा रहनु भएका विशिष्ट विद्वानहरुलाई आमन्त्रित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाउनुभयो। हालसम्म संम्पूर्णानन्द विश्व विद्यालय बनारस , माेतिनाथ विद्यालय दिल्ली , नेपाल पत्रकार महासंघ, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधि ,पतज्जलि याेग समिति नेपाल, धार्मिक व्यक्तित्व, नेतागण, समाजसेवि दाता लगायत महानुभावलाई समावेश गराइसकेको जानकारी उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा मठ समिताका सदस्य याेगगुरु ताेयनाथ याेगीले स्वागत मन्तव्य दिनुभएको थियो। साथै निङ्गलासैनि गुरुकुलका प्रचार्यले कविताका माध्यमबाट आफ्ना भनाइ राख्नुभएको थियोे।
पत्रकार अनुभव र प्रेस सञ्चालक बस्नेत सम्मानित
गोरक्ष चिन्तनको २५ औं रजत शृङ्खला कार्यक्रमको अवसरमा हिमालयन दृष्टि अनलाइनका वरिष्ठ संवाददाता वसन्त अनुभव र हिमालय अफसेट प्रेस दाङका संचालक ईश्वर बस्नेतलाई सम्मान गरिएको थियोे।

कार्यक्रमको प्रचारप्रसार एवं अभिवृद्धि गर्नकालागि समाचार संप्रेषण लगायत रचनात्मक लेखन तथा प्रेसकाे काममा विशेष सहयाेग पुर्याएको भन्दै निजहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे।
गोरखनाथ वैदिक गुरुकुलको भैलो कार्यक्रम

गोरखनाथ वैदिक गुरुकुलले नेपालीहरूको दोस्रो महान पर्व तिहारको अवसरमा देउसी भैलाे कार्यक्रम सञ्चालन गरेको थियोे।
जुन कार्यक्रमबाट केही रकम जम्मा भएको र सो रकममा केही रकम थप गरेर देवघाट लगायतका मठ, मन्दिरकाे दर्शन र गुरुकुलहरुकाे अवलाेकन गरिने कुराकाे जानकारी गुरुकुलका शिक्षक मिनराज पाैडेलले जानकारी गराउनु भएकाे छ ।

गोरखनाथ वैदिक गुरुकुलद्वारा आयोजित भैलो कार्यक्रम २०७८ का केही झलकहरू








