
घोराही, दाङ-
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सभा क्षेत्र नं. २ (ख) को प्रदेश सभापति पदका लागि अभियान बस्नेतले उम्मेद्धारी घोषणा गरेका छन् ।
विगत लामो समयदेखि नेपाली काङ्ग्रेसको नेताको भुमिका निर्वाह गरिरहेका बस्नेत तरुण दल दाङ को जिल्ला कोषाध्यक्षमा दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गरिरहेका छन ।
बिपि स्टडी युथ सर्कलको केन्द्रिय सदस्य, लायन्स क्लब अफ नारायणपुरको उपाध्यक्ष हुनुका साथै नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका उनी विभिन्न तहमा रहि विभिन्न काम गरेको अनुभव संगालेका छन।
तुलसीपुर ११ मोतिपुर जन्मघर भएका वस्नेत लामो समयदेखि घोराही १० नारायणपुर क्षेत्रलाई कर्म थलोका साथै आफूलाई सामाजिक अभियन्ताको रुपमा स्थापित गर्न सफल भएका छन्।
अभियान बस्नेत सामाजिक, राजनैतिक , समाजसेवी, भद्र एवम् कुसल राजनितीज्ञ हुनुका साथै सम्पुर्ण प्रदेवासी कार्यकर्ता जनता तथा युवाहरू माझ लोकप्रिय मानिन्छन ।
बस्नेत १४ औं महाधिवेशनमा घोराही उपमहानगरपालिका वडा १० बाट अत्याधिक मतका साथ क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका हुन ।

