क्यान्सर पीड़ित बचाऊँ अभियान, छोरालाई बचाई दिन आग्रह:आमा

  • २७ आश्विन २०७८, बुधबार ०९:५९ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज/ वीरगञ्ज बाट करिब १३ किलोमिटर पश्चिम र उत्तर मा रहेको पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-७ भौराटारमा सबिता देवी हजाम(ठाकुर) को छोरा लगभग १३ बर्षीय प्रियांशू हजामको पैसाको अभावले गर्दा उपचारमा समस्या भएको छ।

    हजामको बांया खुटामा क्यान्सर भएको जति छिटो भए उपचार नभए बचाऊन नस्किन अवस्था रहेको
    छ।

    परिवारलाई आर्थिक समस्या एकदमै दैनिय रहेकोले आफूले उपचार गर्न नसकिने क्यान्सर पीड़ित छोरा उपचारको लागि आर्थिक सहयोगको लागि आमाले बहुदरमाई यूथ क्लबका कोषाअध्यक्ष चन्दन यादव मार्फत दातालाई अपील गर्न अनुरोध गरेकी छन।

    कोषाअध्यक्ष यादवले सबै मनकारी, समाजसेवीहरुलाई सक्दो सहयोग गरी जीवन रक्षा गरी दिन आफ्नो फेसबुक आईडी मार्फत आग्रह गर्नु भएको छन।

    बुवाको मृत्यु भईसकेको र अरु दाजु भाई नरहेको प्रियांशू मेरो एकल छोरा हुनु प्रियांशूको आमाले आँखा भरी आँशु लिदै रुदै छोराको ज्यान बचाई दिन हिमालयन दृष्टि ऑनलाइन पत्रिकाका संवाददाता उमेश कुशवाहा सीत कुरा गर्दै बिभिन्न दाता र समाजिक अभियन्ता, एनजीओ,आई एनजीओलाई गुहारेकी छन।

    पीडितको बस्ने घर समेत ब्यवस्थित नरहेको छिमेकीको घरमा अहिले आम र पीड़ित छोरा बसिरहेका छन।

    अहिले सम्म कुनै पनि राजनीतिक दल र जनप्रतिनिधिबाट सहयोग नभएको दुःखत कुरा हो, स्थानीयहरुको भनाइरहेको छ।

    सहयोगको लागि हार्दिक अपिल
    प्रभु बैंक 0260029908400011
    अबधेश ठाकुर हजाम
    Esewa id: 9807264506

    Leave a Reply