‘गोरक्ष चिन्तन’ कार्यक्रमको २१औं शृङ्खला विजया दशमीको दिन सञ्चालन हुने

  • २६ आश्विन २०७८, मंगलवार २२:०५ मा प्रकाशित
  • दाङ, २६ असोज। ‘गोरक्ष चिन्तन’ कार्यक्रमको २१औं शृङ्खला यही असोज २९ गते विजया दशमीको दिन सञ्चालन हुने भएको छ । भर्चुअल माध्यमबाट उक्त कार्यक्रमको उक्त शृङ्खलामा प्रमुख वक्ताको रुपमा पूर्वीय वाङ्मय क्षेत्रमा अध्ययन,अध्यापन तथा अनुसन्धान गर्नुभएका तिलक लुईटेल आउन लाग्नुभएको गोरखनाथ वैदिक गुरुकुलका अध्यक्ष एवं कार्यक्रमका सहजकर्ता प्रकाश भट्टराईले बताउनु भयो।

    साथै उहाँले दाङ जिल्लामा रहेर शैक्षिक क्षेत्रमा लामाे अनुभव लिनुभएका शिक्षाविद् गाेविन्द न्याैपाने विशेष अतिथि वक्ताकाे रुपमा सहभागी हुनुहुने पनि जानकारी दिनुभयो। हरेक शुक्रबार साँझ ८ बजे हुने उक्त कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई जाेडिनकालागि पनि उहाँले आग्रह गर्नुभयो।

    घाेराही उपमहानगरपालिका वडा नं.१७ चाैघेरास्थित श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठद्वारा संचालित गाेरखनाथ वैदिक गुरुकुललकाे आयाेजनामा आयोजित उक्त कार्यक्रमले हालसम्म २०औं शृङ्खला सफल रुपमा पार गरिसकेको छ।

    ‘गोरक्ष चिन्तन’ गुरु गाेरखनाथसँग जाेडिएका प्रसङ्ग ,राष्ट्रगुरु याेगी नरहरिनाथ ,नाथ दर्शन लगायत गुरुकुल शिक्षा र गुरुकुल प्रवर्द्धन गर्नकालागि नै चलाएकाे कार्यक्रम भएको सहजकर्ता भट्टराईले जनाउनुभयो।

    साथै उहाँले गोरक्ष चिन्तन दाङ जिल्लाकै नमूना भर्चुअल कार्यक्रम हुन पुगेको बताउनुभयो। साथै उक्त कार्यक्रममा स्वदेश तथा विदेशमा रहेर विभिन्न विधामा लामाे समय अनुभव बटुल्नु भएका बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत समाजका अगुवाहरूलाई समावेश गराउदै आएको र भावी दिनमा पनि निरन्तरता दिइने कार्यक्रमका सहजकर्ता भट्टराईले बताउनुभयो ।

    गुरु डा.चिन्तामणि याेगी प्रमुख निर्देशक रहनुभएकाे उक्त कार्यक्रमले हालसम्म सम्पूर्णानन्द विश्वविद्यालय बनारस ,ने सं वि .नेपाल ,दिल्ली लगायत विभिन्न मठ मन्दिरमा रहनु हुने साधुसन्त महाराज,सामाजिक क्षेत्रमा लामाे समय काम गर्नुभएका अग्रज व्यक्तित्वहरुलाई समावेश गराइसकेको छ। साथै आगामी दिनमा यस कार्यलाई निरन्तरता दिदै उद्याेगपति, स्वास्थ्यकर्मी लगायतका व्यक्तित्वलाई बोलाउने तयारी रहेको सहजकर्ता भट्टराई बताउनु भयो।

    Leave a Reply