अस्थायी शिविर द्वारा दमाममा राहदानी वितरण सेवा सम्पन्न।

  • २३ आश्विन २०७८, शनिबार २०:५५ मा प्रकाशित
  • नेपाली राजदूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त पहलमा अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा आउटरिच कार्यक्रम अन्तगर्त राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ८२५ जनाको राहदानी बितरण कार्यक्रम संयुक्त रूपमा सफल भएको छ ।

    नेपाली दूतावास रियादका का. बा. राजदूत श्री दिलिप कुमार पौड्याल प्रथम सचीव श्री ऋषि आचार्य, पुर्बी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री नारायण पासवान , लगायतको उपस्थिति रहेको थियो भने एनआरएनए मध्य्पुर्ब उप-संयोजक राजेन्द्र अर्याल, साउदी अरबका संस्थापक एवम् संरक्षक, राजु सैयद, निवर्तमान अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्य श्री तेज थापा,अध्यक्ष श्री डमर यादब, महासचिव श्री उमेश भट्टराई, ,प्रबक्ता श्री शुक्र मोक्तान, सदस्य गणेश अर्याल, क्षेत्रिय अध्यक्ष श्री विष्णुप्रसाद भण्डारी, लगायत क्षेत्रीय तथा स्थानीय समन्वय समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो !

    राजदुतावास रियादद्वारा जानकारी गराएअनुसार हिजो ०८ अक्टोबर २०२१ का दिन राहदानी बितरण कार्य मात्रै भएको र । राहदानी नविकरणको लागि सोही स्थानमा आगामी १२ नोभेम्बर २०२१ मा राहदानी शिविर राखिने छ ।

    Leave a Reply