
तुलसीपुर
२२-असोज/ कोरोना विशेष अस्पताल बेलझुण्डीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपश्चात आज शुक्रबार अस्पताललाई तुलसीपुरमा सारिएको होे ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाईको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका हुन् । अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू वेड गरी ६० वेडको रहेको छ ।
त्यस्तै भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालनमा ल्याएको थियो ।

