अष्ट्रेलियामा नेपाली युवतीद्वारा श्रीमानको हत्या

  • ९ मंसिर २०७६, सोमबार ०७:४२ मा प्रकाशित

  • एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् ।
    मृतकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ
    पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइट 9news.com.au  ले बताएको छ ।
    रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरे ।
    ३४ वर्षे नुमा गौतमलाई श्रीमानको हत्याको आरोप लागेको छ ।
    रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।
    नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो ।
    अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल पुलिस स्टेशन पुर्‍याइएको छ ।
    घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देखियो

    परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताए । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ ।
    स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ ।
    डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । उक्त संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।
    साभार :- रातोपाटी

    Leave a Reply