
काठमाडौं : काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।
प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको हो ।जहाज अहिले काठमाडौंको आकाशमा घुमिरहेको छ । अहिले विमानस्थलमा कुनै उडान भरिएको छैन ।

