काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकी काठमाडौं फर्किदै, एयरपोर्टमा हाइ अलर्ट

  • ११ आश्विन २०७८, सोमबार १३:१८ मा प्रकाशित
  • काठमाडौं : काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।

    प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको हो ।जहाज अहिले काठमाडौंको आकाशमा घुमिरहेको छ । अहिले विमानस्थलमा कुनै उडान भरिएको छैन ।

    Leave a Reply