दुबई फर्कन लागेका नेपाली कामदार एयरपोर्टबाट ५० हजार साउदी रियालसहित पक्राउ

  • ६ आश्विन २०७८, बुधबार १५:०५ मा प्रकाशित
  • काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा छुट्टी सकेर दुबई फर्कन लागेका एक जना नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० हजार साउदी रियालसहित पक्राउ परेका छन्।

    विमानस्थल प्रहरीका अनुसार गुल्मीको छत्रकोट गाउँपालिका घर भएका ३९ वर्षीय तुल्सीराम कँँडेललाई नेपाल एयरलाइन्समार्फत दुबई फर्कन लाग्दा ब्यागेज चेकिङका क्रममा पक्राउ गरिएको हो।

    तुल्सीरामले बोकेको ब्यागेजमा ३ सय ८० दुबई दिराम र १६ हजार ४ सय नेपाली रुपैयाँ पनि भेटिएको विमानस्थल प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।

    तुल्सिरामले आफुलाई उक्त रकम गुल्मीको छत्रकोट गाउँपालिकाकै ३८ वर्षीय  केशवराज कँडेलले दिएर पठाएको बताएपछि ती व्यक्तिलाई पनि प्रहरीले विमानस्थलबाहिरबाट पक्राउ गरेको छ।

    थप अनुसन्धानका लागि प्रहरीले दुवै जनालाई राजस्व अनुसन्धान विभाग पठाएको छ।

    Leave a Reply