माटोको भगवान बनाउन व्यस्त कलाकार ॥

  • ३ आश्विन २०७८, आईतवार १३:२५ मा प्रकाशित
  • कपिलवस्तु / नवदुर्गा भगवतीको पुजाका लागि यतिबेला कपिलवस्तुको पकडीमा रहेको मुर्तिकारहरु माटोको दुर्गा भवानीका मुर्ति वनाउन व्यस्त छन् । दशैको सप्तमी देखि एकादशी सम्म पुजा आजाका लागि निकालिने दुर्गा भवानीका मुर्तिहरु बनाएर यहांका कलाकारहरु ५ हजार देखि ३० हजार रुपैयामा सम्मका मुर्तिहरु बनाउंछन् ।

    मौसमी पेशा नभए पनि यसै पेशाबाट यस क्षेत्रमा करीव २ दर्जन कलाकारहरुले आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । विगत केही वर्ष यता यस्ता मुर्तिहरु जिल्लामै वन्न थाले पछि भारतबाट आउने मुर्तिलाई प्रस्थिापन गर्दै यो पेशाले जिविकोपार्जनलाई समेत सघाउ पुर्याउने कपिलवस्तु मायादेवी ४ चाकरचौडाका बजारका मुर्तिकार गौरी शंकर गुप्ताले बताउनु भयो । वर्षको एक पटक भए पनि करीब ५० हजार देखि १ लाख रुपैयासम्म यसै पेशाबाट आम्दानी हुने उहाँको भनाई छ ।

    जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज लगायतका स्थानहरुमा करीब १ दर्जन बढी मुर्तिकारहरु यति बेला दुर्गा भवानीका मुर्तिहरु बनाउन व्यस्त देखिन्छन् । ३ महीना अघि सीमा पारी अलीगढ़वाबाट पकडीमा डेरा लिएर यिनीहरु मुर्ती बनाउन कस्सिएर लागेका छन् । मुर्तिकारहरुले पहिले परालको मुर्ती बनाएर त्यस माथी मलिलो माटो लगाएर फिनसिङ्ग गरि रंग लगाउने काम गर्दछन् ।

    Leave a Reply