अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने

  • ३० भाद्र २०७८, बुधबार १५:०२ मा प्रकाशित
  • काठमाडौँ– एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसाँ झिक्दा बैंकहरुले जथाभावी शुल्क लिएको पाइएपछि राष्ट्र बैंकले शुल्क सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैकले विद्युतीय कारोबार सम्बन्धी निर्देशिका लागु गर्दै एटीएम भुक्तानीबारे पनि व्यवस्था गरेको हो ।

    निर्देशिका अनुसार स्वदेश भित्र कुनै पनि बैंकले जारी गरेको एटीएम कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा बढीमा २० रुपैयाँमात्र शुल्क लिन पाइने व्यवस्था गरेको छ । तर त्यो शुल्क पनि एक महिनामा दुई पटकभन्दा धेरै कारोबार गरेमात्र हो । महिनामा दुई पटक यस्तो कारोबार गर्दा कुनै शुल्क लिन नपाइने राष्ट्र बैंकले नियम लागू गरेको छ

    Leave a Reply