मुग्लिन नारायणगढ सडकखण्ड अबरुद्ध

  • १० भाद्र २०७८, बिहीबार २२:३८ मा प्रकाशित
  • १० भदौ, चितवन  । आज अविरल परेको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ।
    मुग्लिन नारायणगढ सडक बिचमा पर्ने  भरतपुर महानगरपालिका २९  सेतिदोभानमा अहिले साँझ साढे ८ बजेतिर पहिरो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो।

    पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सम्पुर्ण सवारी साधनहरुलाई मुग्लिन बजार र रामनगरमा रोक्न सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य मगरले जानकारी दिए। अहिले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा भिषण पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन्। इच्छाकामना न्युज.कमले जनाएको छ ।

    Leave a Reply