अमेरिकालाई तालिबानको चेतावनी : ३१ अगस्टसम्म अफगानिस्तान खाली गर 

  • ७ भाद्र २०७८, सोमबार १६:३५ मा प्रकाशित

  • तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ । 
    तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् । 
    उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’
    उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । 
    बेलायतका प्रधानमन्त्री बोरिस जोनसन मंगलबार गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा थप समय बस्नका लागि भनेका छन् ।

    Leave a Reply