
पिरतीमा धोखा पनि, हुन्थ्यो पहिले कहीं कहीं !
हिजो आज देखिंदैछ, गाऊं शहर जहीं तहीं ! !!
हिमालको चिसो बतास, छेकिदैंछ शहर भित्र !
स्वार्थी हुन थाले मान्छे, सम्पत्तीको रहर सित !
यो देखेर प्रकृती पो ,रुन थालीन वर पर !
यस्तो कुरा दुनियांलाई , सुन्ने फूर्सद कहाँ छ र ?
स्वार्थ बिनाको त्यो मायाँ, डुली हिड्दा आली आली !
भरिपूर्ण थियो विश्वाश, जस्तो चोखो फूलपाती !!
तोड्न थाले मान्छेले नै, मानवताको लक्ष्मण रेखा !
आमा रुँदै भन्न थालीन् – दैबको यो कस्तो खेला !!
पिरतीमा धोखा पनि, हुन्थ्यो पहिले कहीं कहीं !
हिजो आज देखिदैंछ, गाऊं शहर जहीं तहीं !!
सुशील पराजुली
काठमाण्डौ

