पहिरोले पुरिएर तीन जनाको मृत्यु

  • २४ असार २०७८, बिहीबार १९:०१ मा प्रकाशित
  • दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। त्यसमध्ये दुई जना एकै परिवारको भएको प्रहरीले जनाएको छ। नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिएको थियो।
    मृत्यु हुनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितौली रहेको प्रहरीले जनाएको छ। 

    Leave a Reply