
मलेसिया।गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको यहि जुलाई २५ तारिख हुने निर्वाचनमा (२०२१-२०२३)कार्यकालको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)सदस्यमा टेकबहादुर टमोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन। बर्तमान आईसीसी सदस्य समेत रहेका टमोटाले बुधबार आफ्नो आधिकारिक फेसबुक मार्फत पुनः आईसीसी उम्मेद्वारी घोषणा सँगै साथ समर्थनको लागि सबैलाई अनुरोध गरेका छन् ।
विगत १४ बर्ष वर्षदेखि मलेसियामा हरेक नेपालीहरुको सुखदुःखमा निरन्तर योगदान पुर्याएका टमोटाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

