पी.एन.सीसी द्वारा महावाणिज्य दूतावास जेद्धा को सहयोगमा जिजान तथा आसपासका क्षेत्रामा पासपोर्ट नबीकरण तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने !

  • १५ असार २०७८, मंगलवार ०२:५८ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति पी.एन.सीसीले नेपाली महावाणिज्यदूतावासको सहयोगमा यही आउँदो सुक्रबार २ जुलाईका दिन जिजान तथा आसपासका क्षेत्रामा पासपोर्ट नबीकरण घुम्ति सेवाका साथै नि-सुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

    प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानले जानकारी गराउनुभए अनुसार जिजान क्षेत्रमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई लक्षित गरी पासपोर्ट सहजिकरण कार्यक्रम संचालन गरिनुका साथै उहाँहरूको स्वास्थ्य स्थिती बारे निशुल्क शिविर सञ्चालन गरिने भएको छ !

    साउदी अरबको जिजान आसपासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सिबिर मार्फत स्वास्थ्य जाच लगायत नेपाली महावाणिज्यदूतावास जेद्धाको सहयोगमा पासपोर्ट सहजीकरण कार्यक्रम लाई प्रवासी नेपाली समन्वय समिति पी.एन.सीसीले सहयोग गर्दै आईरहेको र आउदा दिनहरुमा पनि निरन्तरता दिईने प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानले बताउनु भयो !

    Leave a Reply