
दाङ, ८ असार
घोराही उप-महानगरपालिका वडा नं १२ बटोलपुरमा एकदिने पशु सेवा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविर कार्यक्रम घोराही उप-महानगरपालिका वडा नं १२ को आर्थिक सहयोग तथा पशु सेवा कार्यालय नारायणपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो ।
पशुलाई लाग्ने विभिन्न किसिमका रोगको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा किसानहरूलाई पशुको सामान्य औषधि समेत वितरण गरिएको थियो। वडाध्यक्ष राजेन्द्र बुढाले कृषकलाई औषधि वितरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा घोराही-१२ का वडाध्यक्ष राजेन्द्र बुढा सदस्यद्वय सुखा चौधरी र पुष्पा वि क , पशु सेवा कार्यालय नारायणपुरका प्रमुख हिम प्रसाद शर्मा लगायतका ब्यक्तित्वको उपस्थिति रहेको थियो।


