
बाँके,जेष्ठ २०! कोरोना भाइरसको महामारीबाट जोगिन नेपालगन्ज मुस्लिम समाजले धम्बोझी लगायत विभिन्न ठाउँमा खटिएका प्रहरी टोलीलाई मास्क, पानी तथा खाजा बिहिवार वितरण गरेको छ ।
जनताको सेवामा समर्पित प्रहरीको मनोबल उच्च बनाउन नेपालगन्ज मुस्लिम समाजले मास्क ,पानी तथा खाजा बितरण कार्यक्रमको आयोजना गरेको हो । लकडाउनको अवधिमा कामकाज पुर्ण ठप्प भएको भन्दै विपन्न तथा असहाय परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको मुस्लिम समाजका सचिव मेराज अहमद हिमाल बताउँछन् ।
लकडाउनको अवधिमा भोकमरिको शिकार हुन नदिन विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सो अवधिमा स्थानीयतहले विपन्न परिवारलाई बेवास्ता गरेको भन्दै केही हदसम्म पुग्ने गरि मुस्लिम समाजले विपन्न परिवारलाई राहत वितरण गरेको स्थानीयवासी शकील राईले बताए।
यस अघि नेपालगन्ज मुस्लिम समाजले गरीब तथा अति विपन्न परिवारलाई प्रत्येक घरलाई १० किलो चावल , ५ किलो पीठो , १ किलो चिनी, १ किलो दाल ,१ किलो नुन , १ लिटर खानेतेल र १ पकेट सोयाबीन वितरण गरेका छन । उक्त राहत सामाग्री दोस्रो चरणमा वितरण गरेको मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हलवाईले जानकारी दिनु भयो ।
सो कार्यक्रममा मुस्लिम समाजका अध्यक्ष: अब्दुल हाकिम हलवाई, बरिष्ठउपाध्यक्ष: मुन्ना मन्सुरी, उपाध्यक्ष: फिरोज हलवाई, कोषाअध्यक्ष: मो सलीम हलवाई ( बाबू नेता ), सचिव: मेराज हिमाल, महासचिव: जियाउलहक, वरिष्ठसल्लाहकार : हाजी रज्जाब अन्सारी, सल्लाहकार: सकिल जसगढ र फर्जन हलवाई त्यसतै सदस्यहरु: सारिक सलमानी, वाहिद हलवाई , मो. राहिस हलवाई तथा अन्य समाजसेवी सहभागी रहेको मुस्लिम समाजका कोषअध्यक्ष मो. सलीम हलवाईले बताए ।
समाचारका लागि साहिल शेष ।।


