
सऊदी अरबको पुर्बी क्षेत्रमा क्रियासिल सबै संघसंस्थाका प्रतिनिधी संग प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले यहि आउँदो बिहीबार २१मे का दिन दमामस्थित अल खय्याम रेस्टुरेन्टको हलमा एउटा कार्यक्रम गर्ने भएको छ।
प्रवासी नेपाली संग साउदी अरबका संयोजक नारायण पासवानले जानकारी गराउनुभए अनुसार
बिहीबार साझ होटल खयाममा संस्था प्रतिनिधि र प्रबासी नेपाली समन्वय समिति को बीचमा अन्तरक्रिया र अप्रबासी नेपालीहरुको स्वास्थ बारेमा गरिएको अनुसन्धानको बारेमा जानकारी दिने गरि कार्यक्रम तय भएको छ ।

