कोरोना संक्रमणका कारण अभिनेत्री अभिलाषाको मृत्यु

  • २३ बैशाख २०७८, बिहीबार ११:२९ मा प्रकाशित
  • मुम्बई । अभिनेत्री अभिलाषा पाटिलको मृत्यु भएको छ । कोरोनाको कारण उनको मृत्यु भएको हो ।
    अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो । 
    कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो ।
    अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन् । यसको अलवा उनले ‘बद्रीनाथकी दुल्हनिया’, ‘गुड न्युज’, ‘मलाल’ र ‘छिछोरे’ जस्ता हिन्दी फिल्ममा पनि काम गरेकी छन् ।

    Leave a Reply