मन्त्री ढकालद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन

  • ८ चैत्र २०७७, आईतवार २०:३२ मा प्रकाशित
  • संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ । 
    संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आईतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिए  ।
    उनले विमानस्थल भित्रका पुर्वाधार निर्माण, मर्मत लगायत कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको ,उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त दुरुस्त बनाएको  अनुभव यात्रुलाई गराउन निर्देशन दिए ।
    उनले विभिन्न किसिमका सम्झौता सहमति कार्यान्वयन भए नभएको सम्बन्धमा पनि सचेत हुनुपर्ने बताए ।
    विमानस्थल भित्रको निर्माणको कामले गर्दा कतिपय असहजता थपेकाले यात्रु​लाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका कामकारवाही गराउन पनि निर्देशन दिए । अर्को हप्ता पुनःनिरिक्षण गर्न आउने पनि मन्त्री ढकालले बताए ।

    Leave a Reply