पोखरामा स्कुल बसले किच्दा अभिभावकको मृत्यु !

  • ८ पुष २०७६, मंगलवार १७:१८ मा प्रकाशित
  • पोखरामा छोरीलाई स्कूल पठाउन बस चढाउन गएकी एक महिलाको सोही बसले किचेर मृत्यु भएको छ।

    पोखरा १७ विरौटामा रहेको बालोदय स्कुलको ग १ क २४९९ नम्बरको बसले किचेर उनको मृत्यु भएको हो। मृत्यु हुनेमा स्याङजा घर भई पोखराको बिरौटा बस्दै आएकी २६ वर्षीय सरिता पौडेल छिन्।
    प्रहरीले बच्चालाई चढाएर बसबाट ओर्लिने क्रममा लडेर मृत्यु भएको भने पनि बसको पछिल्लो टायरले किचेको प्रत्यक्षदर्शीले बताएका छन्।

    बसले ठक्कर दिएपछि घाइते भएकी उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
    श्रोत नेपालन्युज

    Leave a Reply

    Your email address will not be published.