“म एक कला साधक हुँ, सरकार मलाई देश निकाला गर” के एल पीडित

  • ८ पुष २०७६, मंगलवार १७:११ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, ८ पौष/ कलाकार, चलचित्र निर्देशक एवं नेपाल पत्रकार महासंघ, दाङ शाखाका भुतपुर्व अध्यक्ष के एल पीडित मंगलबार देखि घोराही उपमहानगरपालिकाको गेट नजिकै अनसन बसेका छन ।

    कलाक्षेत्रको विकासका लागि स्थानीय सरकारले चासो नदिएको, कलाकार र कलाकारिता क्षेत्रको घोर अपमान गरेको भन्दै उनि घोराही उपमहानगरपालिका विरुद्ध अनशन सुरु गरेका हुन ।

    कला संस्कृतिको विकासका लागि नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरि घोराहीमा आयोजना हुन लागेको राष्ट्रिय गौरवको कार्यक्रम “बुद्ध-सरयू चलचित्र महोत्सव २०७६” को अपनत्व लिन उपमहानगरले नचाहेको, उपेक्षा गरेको र आवश्यक सहयोग नगरेका कारण अनसन बस्न बाध्य हुनु परेको महोत्सवका संयोजक समेत रहेका पीडितले बताए । जिम्मेवार निकायले जबसम्म उक्त महोत्सवको अपनत्व लिदैन तबसम्म अनशन जारी रहने, आवश्यक परे कला क्षेत्रको उत्थानका लागि आफ्नो जीवन उत्सर्ग गर्न समेत पछि नपर्ने उनले बताए ।

    ‘म एक कला साधक हुँ, सरकार मलाई देश निकाला गर’ अंकित नारासहितको ब्यानर टाँगेर उनले अनशन थालेका हुन । उनले दाङ जिल्लामै पहिलोपटक राष्ट्रियस्तरको महोत्सव यहि पौष २२, २३ र २४ गते गर्ने गरि तयारी गरेका छन । उनले उक्त महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुलाई प्रत्यक्ष भेटी निम्तो दिएको र आउने आश्वासन पाएको बताउछ्न ।

    उनले कलाकारहरुलाई दाङ ल्याएर बृहत् वर्कसप गर्ने, पर्यटकीय क्षेत्रको अवलोकन गराउने, यहाँका अर्गानिक बिषयवस्तुको अवगत गराई प्रकाशमा ल्याउने, विश्वकै ध्यान दाङमा केन्द्रित गराउने लक्ष्यका साथ आयोजित महोत्सवका लागि उपमहानगरले २५ हजार छुट्टाउनु भनेको समग्र कलाकार र कलाक्षेत्रको अपमान गर्नु हो भनेका छन ।

    Leave a Reply