नगरस्तिरिय भलिबल प्रतियोगिता सम्पन्न

  • १० फाल्गुन २०७७, सोमबार २०:५१ मा प्रकाशित
  • मेलम्ची नगरपालिकाको आयोजना तथा नेपाल गोजुरियो कराँते दोसंघ सिन्धुपाल्चोकको संयोजनमा भएको नगरस्तिरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मेलम्ची नगरपालीका वडा नम्बर ७ दुवाचौर ‘ए’ टिम पहिलो र वडा नम्बर २ दोस्रो भएको छ । त्यस्तै प्रतियोगितामा वडा नम्बर ७ दुवाचौरकै ‘बि ’ र मेलम्ची ११ तेस्रो भएको कार्यक्रम ब्यबस्थापक राजनमान श्रेष्ठले जानकारी दिनुभयो । गत ७ गतेबाट सुरु भएको प्रतियोगिताको नगरप्रमुख डम्बर अर्यालले उद्घाटन गर्नुभएको थियो । आज भएको फाइनल खेलमा दुवाचौरले मेलम्ची २ लाई हराएको हो । विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख डम्बर अर्यालले बधाई दिदै आगामि दिनमा अझै राम्रो प्रगतिको कामना गर्नुभयो । प्रमुख अर्यालले खेल क्षेत्रका विकासको लागि नगरपालिका सकारात्मक रहेको बताउदै यस्ता खाले प्रतियोगिताले खेलाडि तथा खेलप्रेमि हरुमा हौसला मिलेको विस्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख, ५० हजार र २५ ,२५ हजार ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । सुरुवातमा मेलम्ची २ले मेलम्ची ७लाई २५÷२३, दुवाचौरले मेलम्ची २ लाई २५÷२० फेरी मेलम्ची २ले दुवाचौरलाई २५ १६मा हराएको थियो र निकै प्रतिस्पर्धा र रोमाञ्चक बनेको खेलमा दुवाचौरले २५ ÷२१ र १५÷११ले हराउदै नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको नेपाल गोजुरियो कराँते दोसंघ सिन्धुपाल्चोकका संयोजक सानुबाबु गिरिले जानकारी दिनुभयो ।

    Leave a Reply